Rule 19
रुखको छपान तथा मूल्याङ्कन गर्नु पर्ने
(१) स्वीकृत कार्ययोजना बमोजिम काठ, दाउरा सङ्कलन गर्नु पूर्व डिभिजनल वन अधिकृतले कम्तीमा राजपत्र अनङ्रित प्रथम श्रेणी वा सो सरहको वन प्राविधिक कर्मचारी खटाई कटान गर्नु पर्ने रुखको छपान तथा मूल्याङ्कन गर्नु पर्नेछ।

(२) रुख तथा काठको मापन, आयतन निकाल्ने र मूल्याङ्कन गर्ने तरिका अनुसूची-९ बमोजिम हुनेछ।

(३) यस नियम बमोजिम सङ्कलन गरिएका वन पैदावार सुरक्षित स्थानमा राख्नको लागि डिभिजनल वन अधिकृतले चारकिल्ला खुलाई घाटगद्दी क्षेत्र तोकी सो स्थानमा त्यस्तो वन पैदावार सुरक्षित रुपमा घाटगद्री गर्नु पर्नेछ।

(४) वनक्षेत्रबाट घाटगद्दी, स्थलसम्म गोलिया काठ ओसारपसार गर्दा प्रत्येक गोलिया-काठको दुवैतर्फ डिभिजन वन कार्यालयमा रहेको टाँचा लगाई अनुसूची-१० बमोजिमको ढाँचामा चलानी पुर्जी लिएर मात्र ओसारपसार गर्नु पर्नेछ।

(५) यस नियम.बमोजिम सङ्कलन गरिएका काठ, दाउरा सम्बन्धित डिभिजनल वन अधिकृतले घाटगद्वदी स्थलमा लट छुट्टिने गरी टक्कर मिलाई पाइलिङ्ग गरी राख्नु पर्नेछ।